काठमाडौं — नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ। बैठक केहीबेरअघि सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गरिनुका साथै पार्टीका आगामी कार्यक्रम र बैठकहरूको कार्यतालिका निर्धारणबारे छलफल भइरहेको बताइएको छ।
पार्टी स्रोतका अनुसार सरकार सञ्चालनमा पार्टीको भूमिकालगायत हालैको राजनीतिक विकासक्रमबारे पनि बैठकमा विचारविमर्श हुनेछ। बैठकको निष्कर्षबारे औपचारिक जानकारी केही समयपछि सार्वजनिक गरिने बताइएको छ।