पर्सा जिल्ला जिराभवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोलमा एक युवकले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
२४ वर्षीया अस्पतलिया देवीको हत्या आरोपमा उनका श्रीमान् जितन माझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, शनिबार साँझ पति–पत्नीबीच वादविवाद हुँदा जितनले श्रीमतीलाई कुटपिट गरेका थिए। कुटपिटकै कारण घटनास्थलमै अस्पतलियाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले जितन माझीलाई पक्राउ गरी हत्या मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।