अछाम — जिल्ला प्रहरी कार्यालय अछामले छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिँदै सोमबार विभिन्न स्थानमा ४६ वटा छाउगोठ भत्काएको छ।
प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा २१ वटा, वडा नम्बर ५ आलीमा ७ वटा, वडा नम्बर ४ कुन्जेडा र तेल्तडामा ४ वटा, बान्नीगढी–जयगढ नपा–४ बल्केसेन, टुटेगडा र ढोडेटोलमा ८ वटा, तुर्माखाद गाउँपालिका–४ जैसुरमा ३ वटा र मंगनसेन नगरपालिका गौरीजनालीमा ३ वटा छाउगोठ भत्काइएको हो।
प्रहरीले स्थानीयको सहयोगमा निरन्तर रूपमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेको जनाएको छ।