काठमाडौँ – अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै राजधानीका सडकमा तैनाथ नेपाली सेना हटाइएको छ।
अब सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हाल्ने भएका छन्। सेनाले आन्दोलनका क्रममा विभिन्न स्थानमा राखिएका ब्यारिकेड हटाएर सडक खुला गरेको छ। यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापन पनि सामान्य हुँदै गएको छ।
ट्राफिक प्रहरीहरू सडकमा खटिएसँगै जनजीवन बिस्तारै सामान्य लयमा फर्किन थालेको देखिएको छ। पछिल्लो समय देशभर चलेको आन्दोलनका कारण तनावपूर्ण अवस्था नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको थियो। तर नयाँ राजनीतिक विकाससँगै अवस्था शान्त बन्दा सेनालाई ब्यारेकमा फर्काइएको हो।












