कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ८४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–४ भलकुडा निवासी ३१ वर्षीय दर्शन सिंह भाट गम्भीर घाइते भएका थिए। उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा संलग्न बस र बस चालक, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ निवासी ३४ वर्षीय अम्मर सिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ।














