काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीभित्र एकता कायम गर्ने उद्देश्यसहित केन्द्रीय कमिटी भंग गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकले विशेष महाधिवेशनको मिति तोक्ने र राजनीतिक प्रस्ताव अनुसार प्रदेश प्रतिनिधि विभाजन गरी केन्द्रीय समितिमा रिपोर्टिङ गर्ने निर्णय गरेको छ। साथै तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट सक्रिय भूमिका खेल्ने योजना बनाइएको छ।
बैठकले जेनजीलगायत परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्दै समझदारी कायम गर्ने, समाजवादी मोर्चासँग सहकार्य गर्ने र राजनीतिक कार्यदिशा मिलाउने पहल पनि गर्नुपर्ने निर्णय गरेको छ।














