काठमाडौं – टिकटकर आँचल नाथमाथि पेट्रोल खनाएर आगो लगाएको घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गम्भीर रूपमा घाइते भएकी नाथको उपचारका क्रममा आज बिहान काठमाडौं मेडिकल कलेजमा दुखद निधन भएको प्रहरीले जनाएको छ ।
घटनापछि पीडित परिवारले दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् । अहिले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।














