Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

हमासको बन्धक विपिन जोशीको मृत्यु पुष्टि भएपछि आमा र बहिनी रित्तो हात घर फर्किए

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, अशोज ३१, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 4
A A
0
हमासको बन्धक विपिन जोशीको मृत्यु पुष्टि भएपछि आमा र बहिनी रित्तो हात घर फर्किए
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

हमासको बन्धकमा परेका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि अमेरिका पुगेकी उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी रित्तो हात घर फर्किएका छन्। रिहाइको आशामा अमेरिका पुगेका उनीहरूलाई बन्धक विपिनको मृत्यु भएको खबर त्यहीँ रहँदा प्राप्त भएको थियो। सोमबार विपिनको मृत्यु भएको पुष्टि भए पनि उनीहरू बिहीबार मात्र घर फर्किएका हुन्। विपिनको शव इजरायलबाट नेपाल पठाउने प्रक्रिया सुरु गरिएको परिवारले जनाएको छ।

विपिनका दाइ किशोर जोशीका अनुसार काकी र बहिनी घर पुगेपछि शव पठाउने प्रक्रिया अघि बढ्ने भनिएको छ तर शव कहिले पुग्छ भन्ने स्पष्ट जानकारी आएको छैन। आमा र बहिनीले अमेरिकामा संयुक्त राष्ट्रसंघका महासचिवदेखि विभिन्न उच्च अधिकारीहरूसँग भेट गरेर विपिनको रिहाइका लागि आग्रह गरेका थिए। उनीहरू त्यसअघि इजरायल समेत पुगेका थिए र विपिनको रिहाइका लागि आयोजित ¥यालीमा सहभागी भएका थिए।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय अन्तर्गत ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत दुई वर्षअघि इजरायल पुगेका विपिन अक्टोबर ७, २०२३ मा हमासको आक्रमणका क्रममा किबुत्ज क्षेत्रमा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिनलाई हमासले अपहरण गरी लगेको थियो।

हमासले हालै विपिनको शव इजरायललाई हस्तान्तरण गरेपछि डिएनए परीक्षणमार्फत उनको मृत्यु पुष्टि गरिएको इजरायली अधिकारीहरूले जनाएका छन्। उक्त आक्रमणमा मारिने नेपालीहरूमा कैलाली, दार्चुला, बझाङ, धनुषा, सुनसरी, डोटी र सल्यानका विद्यार्थीहरू पनि परेका थिए। उनीहरू सबै ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन र कामका लागि इजरायल पुगेका थिए।

सेदोत नेगेभ क्षेत्रमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये अधिकांश सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थी रहेका थिए। कुल २६५ जना नेपाली विद्यार्थी उक्त कार्यक्रममार्फत इजरायल पुगेका थिए, जसमा ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका थिए। हाल विपिनको परिवार उनको शव नेपाल ल्याउने तयारीमा व्यस्त छ र उनीहरूको घरमा शोकको वातावरण छाएको छ।

Previous Post

संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए घृणा र हाँसोको पात्र बन्छौं : एमाले नेता अरबिन्द सिंह

Next Post

नेपाल अपराजित रहँदै टी-२० विश्वकप एसिया छनोटको उपाधि विजेता

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
नेपाल अपराजित रहँदै टी-२० विश्वकप एसिया छनोटको उपाधि विजेता

नेपाल अपराजित रहँदै टी-२० विश्वकप एसिया छनोटको उपाधि विजेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

हात्तिखौवामा भ्यान र स्कुटर ठोक्किदा आमाको मृत्यु, छोरा घाइते

हात्तिखौवामा भ्यान र स्कुटर ठोक्किदा आमाको मृत्यु, छोरा घाइते

बुधबार, पुस ३, २०८१
दाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

दाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

आइतवार, कार्तिक ११, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In