आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन जोड्यो।
अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए भने मिलिन्द कुमार ७० रनमा अविजित रहे।
नेपालका बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।
लिग–२ को अङ्कतालिकामा नेपाल १६ खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ।













