धनगढी — कैलालीको धनगढीबाट लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट सोमबार धनगढी–१७ का २२ वर्षीय हरी चौधरी र गोदावरी नगरपालिका–९ का ३३ वर्षीय प्रवीण रानालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट ३ ग्राम ३२० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।













