पोखरा — पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ। विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा–१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए।
ड्युटीमा अचेत अवस्थामा फेला परेका उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदा चिकित्सकले मृत घोषित गरेका थिए कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
नवलपुर विनय त्रिवेणी गाउँपालिका–६ शिवपुरगढी घर भएका थापा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भएर हाल सीआरभी भद्रकालीमा कार्यरत थिए। मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।














