बैतडीको दशरथचन्द नगरपालिका-४ बबेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकका ४० वर्षीय कपिल जोशी शुक्रबार घरबाट निस्केको अवस्थामा बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जोशी घर नफर्केपछि परिवारले खोजतलास सुरु गरेको थियो। त्यसक्रममा शनिबार बबेत भन्ने स्थानमा घोरेटो बाटोबाट करिब १० मिटर तल उनको शव फेला परेको प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










