कञ्चनपुरमा खैरो हिरोईनसहित दुई जना युवक पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ सदाबहार टोलका मोहित भट्ट र अभिषेक अवस्थी खैरो हिरोईनसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार अभिषेक अवस्थीलाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ४१ मिलिग्राम लागूऔषध (खैरो हिरोईन) फेला परेको थियो। उक्त पदार्थसहित दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर तथा अस्थायी प्रहरी बिट सलाघारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













