रौतहट जिल्ला क्षेत्र नम्बर ४ मा जारी मतगणनामा पत्रकार ऋषि धमला निकै पछि परेका छन्।
पछिल्लो मतगणना अद्यावधिकअनुसार आम जनता पार्टीका उम्मेदवार धमलाले हालसम्म केवल ६ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल १९०८ मतसहित अग्रस्थानमा रहेका छन्।
त्यस्तै नेपाली कांग्रेसका देवप्रसाद तिमल्सेनाले ५३६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका राम कुमार भट्टराईले ३७८ मत पाएका छन्।
रौतहट–४ मा मतगणना जारी रहेको छ भने अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।













