डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार जोरायल गाउँपालिका-६ गापरका २८ वर्षीय खेम साउँदको करेन्ट लागेर ज्यान गएको हो।
प्रहरीका अनुसार आफ्नै कोठामा बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लाग्दा साउँद गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।













