धनगढी उपमहानगरपालिकाका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ बाट धनगढी उपमहानगरपालिका-४ निवासी २२ वर्षीय बिज्ञान बस्नेतलाई लागूऔषध खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बस्नेतलाई १४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














