Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

आजदेखि स्वस्थानी व्रत माघ स्नान र माधवनारायण मेला सुरु

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, पुस १९, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
आजदेखि स्वस्थानी व्रत माघ स्नान र माधवनारायण मेला सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म गरिने स्वस्थानी व्रत, माघ स्नान तथा स्वस्थानी कथा वाचन आजदेखि सुरु भएको छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक पूजा–आराधना गर्दै स्वस्थानी व्रत प्रारम्भ गरेका छन्।

धार्मिक विश्वासअनुसार सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको वास रहेको मान्यताका आधारमा विभिन्न शक्तिपीठमा यस अवधिमा विशेष पूजा गरिन्छ। पौष शुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको सुरुआत गरिन्छ। व्रत अवधिभर बिहान माघ स्नान र मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने परम्परा छ। बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्य (स्वस्थानी कथा) वाचन गरिन्छ, कुल परम्पराअनुसार बिहान वा बेलुकी कथावाचन गर्ने चलन छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्यलगायत सामग्री अर्पण गरी व्रत समापन गरिन्छ। चढाइएका प्रसादमध्ये निश्चित अंश पति, छोरा वा मीत छोरा नभए नजिकको पवित्र नदीमा बहाउने विधि रहेको छ। राति जाग्राम बसेर देवीको माहात्म्य सुन्ने-सुनाउने गरिन्छ। यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

स्वस्थानीको अर्थ ‘आफू बसेको स्थानकी देवी’ भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान-योग साधनाका लागि उपयुक्त मानिएकाले आत्मसाधनासँग यसको सम्बन्ध जोडिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्ण, त्रिनेत्रधारी, चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधिबाट मुक्ति र इच्छित वर प्राप्त हुने विश्वास प्रचलित छ।

इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको, नाग-नागिनीको पुनर्मिलन तथा गोमा ब्राह्मणीले व्रतका प्रभावले पुत्र वियोगबाट मुक्ति पाएको कथाहरू स्वस्थानीमा उल्लेख छन्।

यसै अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौं उपत्यकाको उत्तर-पूर्वी क्षेत्रमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायण मेला सुरु भएको छ। माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरे पाप पखालिई पुण्य प्राप्त हुने विश्वासका कारण देश–विदेशबाट लाखौँ भक्तजन आउने गर्छन्। शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको मेलाका लागि सबै तयारी पूरा भएको छ।

Previous Post

बाजुरा मार्तडी-कोल्टी सडकखण्डको अनाई खोलामा पक्की पुल उद्घाटन

Next Post

धनगढीमा लागूऔषधसहित युवक पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

धनगढीमा लागूऔषधसहित युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बलात्कारपछि हत्या गरिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने

बलात्कारपछि हत्या गरिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने

बिहिबार, चैत्र १९, २०८२
राष्ट्रपति पौडेलले निर्वाचन तयारीबारे राजनीतिक दलहरूलाई छलफलका लागि बोलाए

राष्ट्रपति पौडेलले निर्वाचन तयारीबारे राजनीतिक दलहरूलाई छलफलका लागि बोलाए

शुक्रबार, अशोज २४, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In