सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्तमा परेका छन्। बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई पदमुक्त गरेका हुन्।
मुख्यमन्त्री शाहले केही दिनअघि आर्थिक विवादमा मुछिएको भन्दै चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए। तर चौधरीले राजीनामा नदिने अडान लिँदै आफूलाई बर्खास्त गर्न चुनौती दिएका थिए। त्यसपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।
बर्खास्त मन्त्री चौधरीको बिषयमा थप अनुसन्धान हुने अपेक्षा गरिएको छ। मुख्यमन्त्री कार्यालयले मन्त्रालयको नियमित कार्यसम्पादनमा असर नपर्ने गरी काम अघि बढाइने जनाएको छ।