कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलचौडमा एक बालिकाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ।
स्थानीय सुरज सिंहकी डेढ वर्षीया छोरी प्रिया सिंहको शुक्रबार दिउँसो घरको आँगनमा राखिएको बाल्टीको पानीमा डुबेर ज्यान गएको हो।
परिवारका सदस्यले डुबेको अवस्थामा फेला पारेपछि उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।