पाल्पा – पाल्पाको सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते भएका छन्
मंगलबार साझ बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकल पहिरोमा पर्दा मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई भण्डारी घाइते भएको प्रहरी चौकी दोभानले जनाएको छ । सुरुङ मार्ग भन्दा वरै पोल नजिक पहिरो खसेको हो । मोटरसाइकल सडकमा नै पल्टिएको छ भने चालक खोलामा खसेका हुन् ।