सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान ३५ वर्षीय सुकदेव शर्मा र उनकी करिब २३ वर्षीया श्रीमती सवेता खातुन घरभित्रै मृत फेला परेका हुन्।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार सुकदेवको शव घरको फुसको छानाबाट सारीको पासोमा झुन्डिएको अवस्थामा फेला परेको छ। उनी अर्धनग्न अवस्थामा थिए। उनकी श्रीमती सवेताको शव भने ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयले बिहान करिब ९ बजे प्रहरीलाई खबर गरेका थिए। घटनालाई शंकास्पद मानेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।