Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

द्वापर युगको अद्भुत सम्पदा पाण्डवले एकै रातमा निर्माण गरेको बैतडीको पञ्चदेव शिवधाम सप्तदेवल संरक्षणको प्रतीक्षामा

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, अशोज १९, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
418 5
A A
0
द्वापर युगको अद्भुत सम्पदा  पाण्डवले एकै रातमा निर्माण गरेको बैतडीको पञ्चदेव शिवधाम सप्तदेवल संरक्षणको प्रतीक्षामा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित ऐतिहासिक तथा धार्मिक स्थल पञ्चदेव शिवधाम सप्तदेवल मन्दिर संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ। द्वापरयुगमा बनबासको क्रममा पाण्डवहरूले एकै रातमा निर्माण गरेको जनविश्वास रहेको यो मन्दिर सुदूरपश्चिम प्रदेशकै दुर्लभ सम्पदामध्ये एक मानिन्छ।

स्थानीय किंवदन्ती अनुसार यस पवित्र स्थलमा सातवटा देवलहरू छन्। तीमध्ये तीनवटा देवलमा शिवलिङ्ग स्थापना गरिएको छ, जहाँ प्रत्येक संक्रान्ति, पूर्णिमा, शिवरात्रि र नवरात्रमा नित्य पूजा हुने गर्छ। मुख्य देवालयमा शिवजी, दोस्रोमा जगन्नाथ बाबा र तेस्रोमा गणेशजीको नामबाट पूजा गरिन्छ। बाँकी चारवटा देवलहरूमा लिङ्ग स्थापना नभए पनि पाण्डवहरूले मन्दिर निर्माणका क्रममा प्रयोग गरेका हातहतियारका कलात्मक चित्र ढुङ्गामा कोरिएका छन्।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

मन्दिर नजिकै रहेको शिवकुण्ड सम्बन्धी अर्को जनश्रुति अनुसार यहाँको जललाई शिवजटाको जल मानिन्छ। यस कुण्डको पानीले स्नान गरे पुण्य प्राप्त हुने विश्वास रहँदै आएको छ। यही जल जगन्नाथ बाबा मन्दिरमा अभिषेकका रूपमा प्रयोग गरिन्छ।

स्थानीय उद्धवसिंह मार्कण्डका अनुसार पाण्डवहरूले बनाएको भनिएको यो मन्दिरका सबै संरचना ढुङ्गामा कोरिएका छन्। आजको प्रविधिको युगमा पनि यस्तो कलात्मक हस्तनिर्माण गर्न कठिन हुन्छ।

मन्दिरका सातवटा देवलमध्ये छैटौं पूर्ण रूपमा बनेका छन् भने सातौं देवल अधुरो छ। किंवदन्ती अनुसार, सातौं मन्दिर निर्माणको क्रममा उज्यालो भएपछि पाण्डवहरूले काम अधुरो छोडेका थिए।

वि.सं. १९९० को महाभूकम्पमा मन्दिरका केही भाग ढले पनि अहिले पुरातात्विक विभागको संरक्षणमा पुनर्निर्माण कार्य भइरहेको छ। विभागले यस मन्दिरलाई क वर्गको पुरातात्विक सम्पदाका रूपमा दर्ता गरेको छ।

यो धार्मिक स्थलमा देवलहाटका भट्ट परिवारका पुजारी र मार्कण्ड परिवारका भराणेहरूले मासिक रूपमा पूजा गर्छन्। विशेषगरी शिवरात्रीमा यहाँ अहोरात्र भजनकीर्तन, जाग्राम र ऊँ नमः शिवाय धनुको धुमधामका साथ पर्व मनाइन्छ।

किंवदन्ती अनुसार यस रात निसन्तान दम्पत्तिहरूले हातमा दियो बालेर शिवजीको नजिक रातभर खडा रहेमा सन्तान प्राप्त हुन्छ भन्ने विश्वास रहँदै आएको छ।

२०७९ पौष ३ गते नेपाल हुलाक सेवाले पञ्चदेवल मन्दिर अंकित टिकट प्रकाशन गरेको थियो भने २०६४ सालमा यो मन्दिर पुरातत्व विभागमा दर्ता गरिएको हो।

स्थानीयहरूको भनाइमा यस्तो ऐतिहासिक र चमत्कारी स्थल प्रचार र संरक्षणको अभावमा ओझेलमा पर्नु दुःखको विषय हो। उनीहरूले सरकार र सम्बन्धित निकायसँग यस सम्पदाको संरक्षण, पर्यटक आकर्षण र पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरेका छन्।

Previous Post

ताराखोला गाउँपालिकामा जीप दुर्घटना एकजनाको मृत्यु, दुई घाइते

Next Post

अविरल वर्षापछि अलपत्र परेका यात्रुहरूलाई भैरहवाबाट चार्टर विमानमार्फत काठमाडौं ल्याइने

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
अविरल वर्षापछि अलपत्र परेका यात्रुहरूलाई भैरहवाबाट चार्टर विमानमार्फत काठमाडौं ल्याइने

अविरल वर्षापछि अलपत्र परेका यात्रुहरूलाई भैरहवाबाट चार्टर विमानमार्फत काठमाडौं ल्याइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा चयन रास्वपाको आपत्ति

रास्वपाको केन्द्रीय समिति बैठक आज

बुधबार, मंसिर ३, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In