बैतडीको सुर्नया गाउँपालिका-५ कठेगौँडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति ट्रकका चालक हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका-४का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो। महरा सुर्नया गाउँपालिका-४को सन्सेरीमाडौँबाट धनगढीतर्फ जाँदै गर्दा गए राति ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।














