कैलालीको गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। गिधनियाका २९ वर्षीय मनोज बस्नेतलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बस्नेतको साथबाट १२ ग्राम ७५ मिलिग्राम खैरो हेरोइन, उनले प्रयोग गर्दै आएका स्कुटी १ थान, लागूऔषध तौल गर्ने तराजु १ थान, मोबाइल फोन ३ थान र नगद ५ हजार ९५५ रुपैयाँ बरामद गरिएको हो।
उनीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी तथा इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ।
दुई निकायको संयुक्त टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।














