दार्चुलामा लागुऔषध चरेस सहित २ युवक पक्राउ परेका छन्। महाकाली नगरपालिका-४ खलंगा बजारबाट व्यास गाउँपालिका-६ हुतीका २२ वर्षीय विजय टमटा र खलंगा बजारकै २१ वर्षीय धिरज लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
महाकाली नगरपालिका-४ मा डेरा गरी बस्दै आएका टमटा र लुहारको साथबाट ३१ ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दुवैजनामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।














