कञ्चनपुरबाट वन पैदावार तथा गर्भपतन मुद्दामा सजाय तोकिएर फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले कैद सजाय तथा जरिवाना ठहर गरेका प्रतिवादीहरूलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वन पैदावार मुद्दामा ६ महिना कैद सजाय र १ लाख ८ हजार ६९५ रुपैयाँ जरिवाना तोकिएका बेलौरी नगरपालिका-६ ढक्का चादरका ५६ वर्षीय वीर बहादुर चौधरी रहेका छन्। यस्तै गर्भपतन मुद्दामा ११ महिना १६ दिन कैद सजाय तोकिएकी भीमदत्त नगरपालिका-१० की ६० वर्षीय पार्वती देवी नाथ पनि पक्राउ परेकी छन्।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।














