काठमाडौं – नयाँबानेश्वरमा भएको प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्।
‘जेनजीको प्रदर्शन’ को दृश्य संकलनका लागि गएका श्रेष्ठलाई प्रदर्शनकै क्रममा प्रहरीले चलाएको गोली पाखुरामा लागेको हो। उनलाई तत्कालै उपचारका लागि सिभिल अस्पताल लगिएको र उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रुपेश श्रेष्ठले पुष्टि गरेका छन्।
माइतीघरबाट सुरु भएको प्रदर्शनको भिड अनियन्त्रित बन्दै संसद भवन परिसरसम्म प्रवेश गरेको थियो। रोक्ने प्रहरीको प्रयास असफल भएपछि स्थिति तनावपूर्ण बनेको हो।