काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् । मन्त्रालयका एक मन्त्रीले दैलेख कर्णाली टेलिभिजनलाई जानकारी दिँदै लेखकले हालैको आन्दोलन घटनापछि नैतिक जिम्मेवारीस्वरूप पद त्यागेको बताए ।
सोमबार भएको जेनजीहरूको आन्दोलन हिंसात्मक बन्दै जाँदा अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपपछि ठूलो संख्यामा घाइते समेत भएका छन् ।
आफूले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै लेखकले राजीनामा दिएको बताएका छन् । यसअघि उनले पार्टी बैठकमै पनि नैतिक आधारमा पदमा नबस्ने अडान प्रकट गरेका थिए ।