काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेनजीहरूको प्रदर्शनमा घुसपैठ भएको बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रदर्शनबारे ब्रिफिङ गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा अन्य अराजक तत्वहरू मिसिएको जानकारी दिए ।
उनका अनुसार सरकार जेनजीहरूको मागबारे संवेदनशील रहँदै आएको थियो र युवा पुस्ताको आन्दोलनलाई सकारात्मक दृष्टिले हेरेको थियो । तर घुसपैठका कारण आन्दोलन हिंसात्मक बन्दै ज्यानमृत्युसम्मको स्थिति सिर्जना भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले घुसपैठ भएको विषयमा स्वयं जेनजीहरूले पनि स्वीकार गरिसकेको उल्लेख गरे । उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल लिन नसकिने पनि स्पष्ट पारेका छन् ।