बैतडीमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। मंगलबार मेलौली नगरपालिका-२ सलेनामा बस्दै आएकी ७२ वर्षीया लक्ष्मी भट्ट मृत अवस्थामा भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार स्याउला काट्न घर नजिकैको जंगल गएकी भट्ट सोही स्थानको ल्वापा भिर भन्ने ठाउँमा लडेको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
वृद्धाको मृत्यु लडेर भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














