धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन्। आयोग स्रोतका अनुसार असोज ७ गते उनले ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ता गर्न निवेदन दिएका हुन्।
साम्पाङले आयोगमा बुझाएको निवेदनअनुसार पार्टीको अध्यक्षमा उनी स्वयं रहने उल्लेख छ। हाल आयोगले दर्ता प्रक्रिया अन्तर्गत निवेदनमाथि जाँचबुझ गरिरहेको जनाएको छ।














