बैतडी – सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लास्थित दशरथचन्द नगरपालिका–४, देवलहाटमा अवस्थित दुर्लभ सहस्त्रलिङ्ग मन्दिरमा पहिलोपटक ११५ केजीको विशाल घन्टी चढाउने ऐतिहासिक अभियान सुरु गरिएको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यो अभियानले मन्दिरलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।
साउन महिनाको अन्तिम सोमबार नेपाल पञ्चाङ्ग निर्णायक समितिमा दर्ता गरिएको रुद्री अभिषेक पूजा र आजापाठ मेलामा हरेक वर्ष हजारौँ भक्तजन सहभागी हुन्छन्। हरिद्वार पुग्न नसक्ने भक्तका लागि यहाँको शिव कुण्ड पवित्र स्नानस्थलको रूपमा मानिन्छ, जहाँ स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ।
मन्दिर प्रांगणमा रहेको करिब ५०० वर्ष पुरानो पीपलको रुख धार्मिक ध्यान, विश्राम र आस्थाको प्रतीक बनेको छ।
हाल सहज सडकमार्ग सुविधा उपलब्ध भएकाले भक्तजन सजिलै सहस्त्रलिङ्ग मन्दिरसम्म पुग्न सक्ने भएका छन्। यसले धार्मिक पर्यटनलाई थप प्रोत्साहन दिएको छ।
रुद्री अभिषेक पूजा – कुल गुरु दुर्गादत्त भट्ट
सहस्त्रलिङ्ग पूजा – कमलदेव भट्ट र भण्डेर मार्कण्ड परिवारका सदस्य
अक्षय कोषको स्थापना
सहस्त्रलिङ्ग मन्दिरसँगै नेपालकै दुर्लभ अक्षय कोष स्थापना गर्ने तयारी गरिएको छ। यसबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणसँगै अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सहयोगका लागि विवरण
बैंक: कृषि विकास बैंक लिमिटेड, साहिलेक बैतडी
खाता नं.: 08238056333380
सम्पर्क: उद्धव सिंह मार्कण्ड – 9863680660














