महोत्तरीको बर्दिबास नगरपालिका–११, खयरमारामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ना६ख १४६४ नम्बरको बस खयरमाराबाट काठमाडौं जाँदै गर्दा लक्ष्मीनारायण माध्यमिक विद्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए ।
बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी बर्दिबासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














