कैलालीबाट तीन जना युवालाई लागू औषध (खैरो हेरोइन) सहित प्रहरीले पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी–३ का २२ वर्षीय अविशेक सिजापति पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले २८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
त्यसैगरी भजनी नगरपालिका–३ कुसमघाटबाट घोडाघोडी नगरपालिका–१ नारायणपुरका २२ वर्षीय लक्ष्मी प्रसाद सापकोटा र २३ वर्षीय किरण जीसी पक्राउ परेका छन्। उनीहरूको साथबाट १ ग्राम ११० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू सवार से २ प ४०८५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका तीनै जनामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।














