बाजुराको हिमाली गाउँपालिका–धुलाचौर नजिकै कर्णाली नदी किनारमा एक युवतीको बेवारिसे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय कोल्टीका अनुसार बुधबार बिहान करिब ९ बजे मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा शव भेटिएको हो ।
प्रहरीका अनुसार शव हालसम्म पहिचान हुन सकेको छैन । तर यही असोज १० गते चंखेली गाउँपालिका–४ माथिल्लो पालीका एक युवक र एक युवती सामाजिक सञ्जालमा स्टाटस लेखेपछि सम्पर्कविहीन भएका थिए । फेला परेको शव सोही युवती, २३ वर्षीया कर्मा बाोहरा, हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको छ भने शवलाई परीक्षणका लागि अस्पताल पठाइएको बताइएको छ । घटनाको थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।














