बाजुरा — हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटनाग्रस्त भएको छ। जगन्नाथ गाउँपालिकाको बेर्मा नजिकै बस अनियन्त्रित भई सडकबाट तल्लो भागमा खस्दा तीन जना यात्रु सामान्य घाइते भएका छन्।
घाइते यात्रुहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस किन र कसरी दुर्घटनाग्रस्त भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।













