Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

धर्मबाट समानताको क्रान्ति बैतडीका गणेशप्रसाद पन्तको २६ वर्षे अभियान अब देशभर १७७ गुरु सहभागी

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ४, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
423 5
A A
0
धर्मबाट समानताको क्रान्ति बैतडीका गणेशप्रसाद पन्तको २६ वर्षे अभियान अब देशभर १७७ गुरु सहभागी
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

बैतडी — सुदूरपश्चिम नेपालको बैतडी जिल्ला पाटन नगरपालिका–८ खोडपे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य वेदाचार्य वास्तुविद तथा पञ्चाङ्गकार गणेशप्रसाद पन्तले विगत २६ वर्षदेखि दलित समुदायका घर–घरमा वैदिक संस्कार सञ्चालन गर्दै आएका छन्। समाजमा गहिरो रूपमा जरा गाडेको जातीय विभेद र अछुततालाई चुनौती दिँदै पन्तले धर्मको माध्यमबाट समानताको सन्देश फैलाउँदै आएका छन्।

पन्तका अनुसार यो यात्रामा उनले अनेकौं धम्की,अपमान र बहिष्कारको सामना गर्नुपरेको छ।मलाई धेरै पटक ज्यान मार्ने धम्की दिइयो तर मैले दलित समुदायको परम्परा अन्त्य हुन दिएँ छैन पन्त भन्छन् धर्मकै माध्यमबाट समाजलाई साँचो समानताको बाटोमा डोऱ्याउन सकिन्छ भन्ने मेरो दृढ विश्वास हो।

विगत २६ वर्षमा उनले दलित बस्तीमा १,१४७ भन्दा बढी वैदिक संस्कार सञ्चालन गरिसकेका छन्। जसअन्तर्गत २९ साप्ताहिक नवाह पूजा, १३ शिवपुराण पारायण, ६१ लघु रुद्राभिषेक, सत्यनारायण कथा, ग्रहशान्ति अनुष्ठान, शतचण्डी यज्ञ, अखण्ड रामायण पारायण लगायतका धार्मिक कार्यक्रमहरू समावेश छन्। उनले दलित समुदायभित्र नामकरण, व्रतबन्ध, विवाह, गृहप्रवेश, वास्तु पूजा लगायतका कार्यहरू समेत गराउँदै आएका छन्।

धर्म र समानताको यात्रामा पन्तले पहिलोपटक आचार्य कृष्ण दमाईसहित कारीगर समुदायका १४७ जनालाई वैदिक संस्कारअनुसार पवित्र धागो (जनै) लगाएर दीक्षित गराएका थिए। उनका अनुसार शास्त्रमा कतै पनि जात, लिङ्ग वा वर्गको आधारमा विभेदको व्यवस्था छैन।छाउपडी प्रथा र जातीय विभाजन शास्त्रीय होइन सामाजिक कुरीति हो पन्तको भनाइ छ धार्मिक नेताहरूले यसलाई अन्त्य गर्न अगाडि आउनै पर्छ।

पन्त दलित बस्तीमा पूजा गर्न र त्यहाँको परिवारसँगै खाना खान पनि जान्छन्। उनी भन्छन् वेदको ज्ञान सबैका लागि हो कुनै जातको लागि मात्र होइन।उनका अनुसार दलित समुदायभित्र पनि देखिने आन्तरिक विभाजन हटाउन शिक्षा र वेदमार्ग आवश्यक छ।

५७५ भन्दा बढी यजमान संरक्षकहरूले उनलाई त्यागे पनि पन्त आफ्नो बाटोबाट विचलित भएका छैनन्। सामाजिक सञ्जालमा आलोचना र अपमान सहँदै उनले अझ सशक्त रूपमा धार्मिक समावेशिताको अभियान अघि बढाइरहेका छन्।

हाल पन्त प्रसिद्ध श्री बनारसिधाम विश्वनाथ ज्योतिर्लिंग मन्दिरका पीठाधीश्वर, धार्मिक प्रवक्ता, कोषाध्यक्ष र मुख्य पुजारी हुन्। उनी प्रत्येक हिन्दू घरमा वेद, पुराण, शालिग्राम, तुलसी मठ, शंख–घण्टी र पंचायतन देवताको मूर्ति राख्नुपर्ने अभियानमा छन्।

उनको भनाइमा शास्त्र अनुसार पुरुष र स्त्री मात्र मानवताको वर्ग हुन् अन्य सबै विभाजन मानव मनको सिर्जना हुन्।उनले मनुस्मृतिजस्ता ग्रन्थहरूलाई समयअनुसार संशोधन गर्न आवश्यक रहेको बताउँछन्।

भारतको गोर्खापत्र सन्देश, बंगलादेशका मिडियाहरू र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत हाल पन्तको काम प्रशंसित बनेको छ। अब यो अभियानमा उनी एक्लो छैनन् हाल साहित्याचार्य कृष्ण बहादुर दमाई, गायात्रीविद बलराम धामी, आचार्य मदन शर्मा शास्त्री, वैदिक पुरोहित सुरेश पार्की, सनातनी आर्यलगायत थुप्रै ब्राह्मणहरूले साथ दिएका छन्।

दलित र गैरदलित दुवै समुदायको संयुक्त प्रयासमा आधारित यो आन्दोलन धार्मिक समानता र सामाजिक एकताको नयाँ अध्याय बन्दै गएको छ। अहिले यो अभियान सुदूरपश्चिमका ११ जना र देशभरका १७७ जना गुरुहरूसम्म फैलिएको छ जसमा ६५ प्रतिशत शिल्पकार, ७ प्रतिशत वैश्य, ११ प्रतिशत क्षेत्री, ९ प्रतिशत ठकुरी, ८ प्रतिशत ब्राह्मण र बाँकी अन्य समुदायका प्रतिनिधिहरू छन्।  

अब सबै मिलेर गणेशप्रसाद पन्तले सुरु गरेको धार्मिक समावेशिताको बाटोमा अघि बढ्दै समानता र सहअस्तित्वको नयाँ युग लेखिँदैछ।

Previous Post

चितवनमा स्कुटर दुर्घटना दुई युवाको घटनास्थलमै मृत्यु

Next Post

बैतडीको मेलौली भगवती मन्दिरमा भक्तजनको ठुलो भीड कार्तिक पूर्णिमामा सुदूरपश्चिमकै ठूलो मेला तयारी

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
बैतडीको मेलौली भगवती मन्दिरमा भक्तजनको ठुलो भीड कार्तिक पूर्णिमामा सुदूरपश्चिमकै ठूलो मेला तयारी

बैतडीको मेलौली भगवती मन्दिरमा भक्तजनको ठुलो भीड कार्तिक पूर्णिमामा सुदूरपश्चिमकै ठूलो मेला तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

मङ्लबार, भदौ ३१, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण

आइतवार, भदौ २९, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In