Friday, January 16, 2026
Date
शुक्र, माघ २, २०८२
Fri, January 16, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीको मेलौली भगवती मन्दिरमा भक्तजनको ठुलो भीड कार्तिक पूर्णिमामा सुदूरपश्चिमकै ठूलो मेला तयारी

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, कार्तिक ५, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
419 4
A A
0
बैतडीको मेलौली भगवती मन्दिरमा भक्तजनको ठुलो भीड कार्तिक पूर्णिमामा सुदूरपश्चिमकै ठूलो मेला तयारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

बैतडी — सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको मेलौली नगरपालिका–देहिमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिरमा अहिले भक्तजनहरूको भीड लागेको छ। समुद्री सतहबाट करिब १७०० मिटर उचाइमा १३४ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले सुदूरपश्चिमकै महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ।

बडा दशैं, चैते नवरात्र, गौर पर्व र जनै पूर्णिमाजस्ता विशेष अवसरमा यहाँ हजारौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन्। विशेषगरी कार्तिक शुक्ल पूर्णिमाको दिन यहाँ सुदूरपश्चिमकै सबैभन्दा ठूलो मेला लाग्ने परम्परा रहेको छ। सो अवसरमा नेपालका विभिन्न जिल्ला र भारतका विभिन्न भागबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गर्छन्।

जनविश्वास अनुसार यो मन्दिर कत्युरवंशको पालामा स्थापना भएको हो। स्थानीय किंवदन्तीअनुसार, शिरोडा क्षेत्रमा बसोबास गर्ने कत्युरवंशी परिवारको गाई चराउने गोठालाले एक दिन जंगलमा गाईले झाडीभित्र दूध चुहाएको देखेपछि सो स्थानमा उत्खनन गर्दा एक अद्भुत शिला फेला पर्‍यो। उक्त शिलालाई पछि महाकाली नदीमा विसर्जन गरेपछि पनि चमत्कारिक रूपमा गाईले दूध दिन थालेपछि सो शिलालाई पुनः ल्याइयो।

गोठालाले यात्रा क्रममा देही भन्ने ठाउँमा शौच गर्न रोकिँदा मेल (काठको लठ्ठी) गाड्दा त्यसमा हरियो पात पलाएको र शिलाबाट ‘मलाई यहीँ राखेमा म जल सृष्टि गरिदिन्छु’ भन्ने आकाशवाणी सुनेपछि त्यहीँ मन्दिरको स्थापना गरिएको जनविश्वास छ। मेलको लठ्ठीबाट मेलौली नामकरण भएको मान्यता पनि रहेको छ।

हाल मेलौली भगवती मन्दिर सुदूरपश्चिमको आस्था, एकता र परम्पराको प्रतीक बनेको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार भक्तजनहरूको सहज आवागमनका लागि बाटो, खानेपानी र सरसफाइ व्यवस्थामा सुधारको काम भइरहेको छ।
Previous Post

धर्मबाट समानताको क्रान्ति बैतडीका गणेशप्रसाद पन्तको २६ वर्षे अभियान अब देशभर १७७ गुरु सहभागी

Next Post

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता सरकार जेनजी आन्दोलनको मर्मभित्रै सीमित रहन्छ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

by Dailekh Karnali Television
बुधबार, पुस २३, २०८२
Next Post
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता सरकार जेनजी आन्दोलनको मर्मभित्रै सीमित रहन्छ

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता सरकार जेनजी आन्दोलनको मर्मभित्रै सीमित रहन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

उपचुनावका लागि मतपत्र छपाइको काम सकियो 

उपचुनावका लागि मतपत्र छपाइको काम सकियो 

आइतवार, मंसिर ९, २०८१
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

बुधबार, माघ २३, २०८१

Don't miss it

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In