बैतडी — सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीस्थित दशरथचन्द नगरपालिका–४ गढीमा अवस्थित जगन्नाथ बाबा मन्दिरमा यस वर्षको कार्तिक शुक्ल पूर्णिमाको अवसरमा भव्य मेला तयारीको अन्तिम चरणमा पुगेको छ।
नेपालको सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय धरोहरका रूपमा चिनिने यो मन्दिरमा कार्तिक पूर्णिमाको दिन पूजाअर्चना, भजन–कीर्तन र दीप प्रज्वलन गरिन्छ। यस वर्ष पनि बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ भक्तजन मन्दिरमा दर्शन गर्न आएका थिए।
स्थानीयवासीका अनुसार कार्तिक पूर्णिमाको दिन यहाँ स्नान गरी दर्शन गरे मनोकामना पूरा हुने विश्वास रहिआएको छ। यस वर्षको पूजाआजा कार्यक्रम कार्तिक १९ गते बिहान ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। धार्मिक कार्यक्रमसँगै सांस्कृतिक भजन–कीर्तन र प्रसाद ग्रहण पनि गरिनेछ।
दशरथचन्द नगरपालिकाले जगन्नाथ बाबा मन्दिरलाई धार्मिक तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएको जनाएको छ। स्थानीयवासीहरूले मन्दिरको संरक्षण र प्रचारप्रसारमा सरकार र प्रदेश पर्यटन निकायको ध्यानाकर्षण गराएका छन्।
जगन्नाथ सेवा समितिका अध्यक्ष करन बहादुर चन्दका अनुसार जगन्नाथ अधिकारीका सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रममा उपस्थित रहन आग्रह गरिएको छ। साथै पुजारी भण्डारी, करिया, दमाई, भूल, तिरुवा र पञ्चपरौली समाजका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेत जगन्नाथ बाबाको सवारीमा सहभागी हुन अनुरोध गरिएको छ।

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com














