शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आज बिहान बिना सुरक्षा पोखरा पुगेका छन्। मन्त्रालयबाट निस्किएका उनले जहाजमार्फत पोखरा उडान भरेर सर्वसाधारण यात्रुजस्तै ट्याक्सी चढेर आफ्नो घर नदीपुर पुगेका हुन्।
मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री पुनले पीएसओ समेत नलिई पोखरा यात्रा गरेका हुन्। उहाँले कुनै सुरक्षा व्यवस्था नमागी, सामान्य यात्रु जसरी नै यात्रा गर्नुभयो अधिकारीले भने।
मन्त्री भएपछि पुनले सरकारी कामबाहेक सवारीसाधन र सुरक्षा नलिने घोषणा गरेका थिए। हालसम्म उनी केसरमहलस्थित मन्त्रालयमै बस्दै आएका थिए।














