अर्घाखाँचीबाट बुटवल जाँदै गरेको यात्रुबाहक गाडी सडक दुर्घटनामा परेर ९ जना घाइते भएका छन्।
छत्रगंजबाट बुटवलका लागि छुटेको लु १ ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ डाँडाचौपारीमा दुर्घटनाग्रस्त भएको हो। गाडी सडकमै पल्टिएपछि स्थानीयवासी र प्रहरीले उद्धार कार्य अघि बढाएका थिए।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ। हाल दुर्घटनाग्रस्त गाडी सडकमै रहेको र गाडी हटाएर यातायात सञ्चालनमा ल्याउन प्रहरी टोली खटिएको छ।













