भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकी महिला सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने ५० वर्षीया कल्पना तामाङ हुन्।
रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी तामाङलाई प्रहरीले भक्तपुर प्रहरी परिसरमा राखेको जनाएको छ। उनीमाथि बैकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भई फरार रहेकी थिइन्।
प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।














