कैलालीको गोदावरीमा बसको ठक्करबाट करिब ८० वर्षीया वृद्धाको मृत्यु भएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार, दिपायलबाट धनगढी आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले वृद्धालाई ठक्कर दिएको हो। दुर्घटना महाकाली राजमार्ग अन्तर्गत गोदावरीको तेघरीस्थित आर्मी ब्यारेक गेट नजिक बिहान करिब ६ बजे भएको हो।
मृतक वृद्धाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।













