काठमाडौंको सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै ४ महिनाको छोराको हत्या गरेको हृदयविदारक घटना सार्वजनिक भएको छ। भाडाको कोठामा बस्दै आएका कार्कीले आइतबार दिउँसो सुतेका अवस्थामा रहेका शिशुको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको निष्कर्ष छ।
जन्मेदेखि नै ब्रेन ट्युमरको समस्याबाट पीडित बालकलाई कार्कीले घरमा एक्लै रहेको बेला हत्या गरेको प्रहरीले जनाएको छ। छोराको ज्यान लिएपछि कार्कीले आफ्नै श्रीमती-जो स्वयं पनि प्रहरीमा कार्यरत छिन्उ-नीमाथि समेत कुटपिट गरी घटनास्थलबाट फरार भएका थिए।
घटना भएपछि परिचालित प्रहरी टोलीले आइतबार बेलुकी नै कार्कीलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार कार्कीलाई भद्रकालीस्थित नियन्त्रण कक्षमा राखेर आवश्यक सोधपुछ तथा अनुसन्धान सुरु गरिएको छ।
प्रहरी संगठनभित्रै गम्भीर प्रश्न उठाउने यो घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।














