काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसको ठक्करबाट काभ्रेमा एक जनाको मृत्यु भएको छ।
बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध-२ पातलेगाउँमा बागमती प्रदेश ०१-००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयले विरोधस्वरूप राजमार्ग अवरुद्ध पारेका छन्। अवरोधका कारण बीपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेबेसी खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
राजमार्ग बन्द भएपछि उक्त सडक हुँदै पूर्वतर्फ जाने सवारीसाधनहरू धुलिखेलमै रोकिएका छन्। स्थिति सामान्य बनाउन प्रहरी घटनास्थलमा खटिएको छ।














