Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

खोटाङको हिङमाङ टोलमा सर्वश्रेष्ठ श्रीमद् भागवत महायज्ञ सम्पन्न

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, मंसिर २९, २०८२
in FEATURED, TOP STORIES, समाचार
424 5
A A
0
खोटाङको हिङमाङ टोलमा सर्वश्रेष्ठ श्रीमद् भागवत महायज्ञ सम्पन्न
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ – सनातन वैदिक धर्म, आध्यात्मिक चेतना र सामाजिक एकताको गहिरो सन्देश बोकेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हिङमाङ एकता समाज, खोटाङको आयोजनामा अत्यन्त श्रद्धा, भक्ति र भावुक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत साविक श्वाम्राङ-०६, कन्चने डाँडा, हिङमाङ टोलमा सम्पन्न महायज्ञले सम्पूर्ण क्षेत्रलाई धर्म, संस्कार र सामूहिक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ।

धर्म, संस्कार र एकता-हाम्रो पहिचान भन्ने मूल भावनासहित आयोजना गरिएको महायज्ञले हिङमाङ परिवार मात्र होइन, समग्र समाजमा आध्यात्मिक ऊर्जा सञ्चार गरेको अनुभूति गराएको छ। महायज्ञ अन्तर्गत सङ्गीतमय श्रीमद् भागवत महापुराणको सातौं दिवस, शतचण्डी महारुद्राभिषेक, नित्य जप, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, चारपल्ट विशाल महाआरती तथा लाखौँ दीप प्रज्वलन जस्ता विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिए।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दिनहुँ वैदिक मन्त्रोच्चारण, भजन-कीर्तन र कथा-प्रवचनले वातावरण भक्तिमय बन्दै जाँदा श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति देखिन्थ्यो। उमेर, वर्ग र स्थानको भेदबिना सहभागीहरू भावुक हुँदै भक्ति भावमा डुबेको दृश्यले सबैको मन छोएको थियो। यसै अवसरमा ॐकार धार्मिक सेवा समिति, कपन, काठमाडौंको सहकार्यमा गुरु गणेश पन्तज्यू मार्फत १७८ थान श्रीमद् भागवत गीता निःशुल्क वितरण गरिएको छ।

ज्ञान बाँडौँ, पुण्य कमाऔँ अभियान अन्तर्गत गरिएको गीता वितरणलाई सहभागीहरूले केवल पुस्तक हस्तान्तरण नभई भावी पुस्तामा संस्कार हस्तान्तरण गर्ने ऐतिहासिक कदमका रूपमा लिएका छन्। हिङमाङ एकता समाजका अध्यक्ष कुमार हिङमाङ, उपाध्यक्ष डोरनाथ हिङमाङ, सह-सचिव कुलबहादुर हिङमाङ तथा व्यवस्थापक सन्जय हिङमाङले महायज्ञ सफल बनाउन प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण आयोजक परिवार, दाताहरू, स्वयंसेवक, पुजारीवृन्द, अतिथि तथा श्रद्धालु भक्तजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

उहाँहरूले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सद्भाव, अनुशासन र आपसी सहकार्यको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। महायज्ञ आयोजना गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा कार्यालयबाट अनुमति लिइएको थियो। वडा कार्यालयका अनुसार मिति २०८२।०८।०६ गतेको निर्णयअनुसार २०८२।०८।२१ देखि २०८२।०८।२७ गतेसम्म सामूहिक रूपमा हिङमाङ परिवारद्वारा श्रीमद् भागवत महापुराण आयोजना गर्न अनुमति प्रदान गरिएको हो।

कार्यवाहक अध्यक्ष रेखा रुम्टेलद्वारा जारी सूचनामा धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधि समाजका लागि सकारात्मक हुने उल्लेख गरिएको छ। कार्यक्रम अवधिभर सबैलाई राधेश्याम भन्ने भावनात्मक उद्घोषले सहभागीहरूको मन छोएको थियो। लाखौँ दीप प्रज्वलनको दृश्यले अन्धकारमाथि उज्यालो र अज्ञानमाथि ज्ञानको विजयको सन्देश दिएको स्थानीयवासीहरूको भनाइ छ।

यस अवसरमा संस्कारशिरोमणि, राजगुरु राजज्योतिषी ज्योतिषाचार्य, शुक्लयजुर्वेदाचार्य तथा वास्तुविद साथै श्रीबनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरका पीठाधीश्वर, अन्तर्राष्ट्रिय ब्राह्मण सङ्गठन नेपाल बैतडी जिल्ला संयोजक, नेपाल ज्योतिषी परिषद केन्द्रीय आजीवन सदस्य तथा जिल्ला संयोजक, तथा राष्ट्रिय धर्मसभा नेपाल जिल्ला संयोजकले दैलेख कर्णाली टेलिभिजनसँग कुराकानी गर्दै अहिलेसम्म आफूले सहभागी भएका महायज्ञहरूमध्ये यसलाई सबैभन्दा सर्वश्रेष्ठ महायज्ञका रूपमा मूल्याङ्कन गर्नुभयो।

समग्रमा, हिङमाङ एकता समाज खोटाङद्वारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ केवल धार्मिक अनुष्ठानमा सीमित नरही सामाजिक एकता, सांस्कृतिक पहिचान र आध्यात्मिक जागरणको अनुपम उदाहरण बनेको छ। आगामी दिनमा पनि यस्ता रचनात्मक तथा पुण्यकार्यलाई निरन्तरता दिन यसले सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Previous Post

काभ्रेमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

Next Post

रूपन्देहीमा दुःखद घटना सडक दुर्घटनामा दुईको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

रूपन्देहीमा दुःखद घटना सडक दुर्घटनामा दुईको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

जसपाका सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ

जसपाका सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ

बिहिबार, अशोज ३०, २०८२
दाङको तुलसीपुर स्थित गौरी तालमा मोटरवोट संचालन

दाङको तुलसीपुर स्थित गौरी तालमा मोटरवोट संचालन

मङ्लबार, कार्तिक २०, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In