Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

गण्डकीका १८ वटै क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक, रास्वपा पहिलो दल

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, फाल्गुन २६, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
420 4
A A
0
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशका १८ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। प्रदेशभर सबैभन्दा पहिले मुस्ताङको नतिजा सार्वजनिक भएको थियो भने अन्तिममा गोरखा-१ को नतिजा सार्वजनिक भएको हो।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशमा पहिलो दल बनेको छ। १८ सिटमध्ये रास्वपाले १५ सिट जितेको छ। नेपाली कांग्रेसले २ सिट जितेको छ भने बाँकी एक सिट स्वतन्त्र उम्मेदवारले हात पारेका छन्। नेकपा एमालेले भने यस प्रदेशका कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेन।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

हिमाली जिल्ला मनाङ र मुस्ताङमा नेपाली कांग्रेसले चुनाव जितेको छ। मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन विजयी भएका हुन्।

गण्डकीका ८ जिल्लामा रास्वपाले क्लिन स्वीप गरेको छ। गोरखाका दुवै क्षेत्र, कास्कीका तीन क्षेत्र, तनहुँका दुवै क्षेत्र, नवलपुरका दुवै क्षेत्र, स्याङ्जाका दुवै क्षेत्र र बागलुङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। यस्तै पर्वत र लमजुङमा पनि रास्वपाले जित निकालेको छ।

म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुन रास्वपाको समर्थनमा विजयी भएका छन्।

कास्की क्षेत्र नम्बर १ मा खडकराज पौडेल (गनेस), क्षेत्र नम्बर २ मा उत्तमप्रसाद पौडेल र क्षेत्र नम्बर ३ मा बिना गुरुङ विजयी भएका छन्। गोरखा-१ मा सुदन गुरुङ विजयी हुँदा गोरखा-२ बाट कविन्द्र बुर्लाकोटीले जित दर्ता गरेका छन्। लमजुङमा धर्म केसी विजयी भएका छन्।

तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले विजयी भएका छन् भने तनहुँ-२ मा श्रीराम न्यौपानेले जित हासिल गरेका छन्। नवलपुर-१ मा राजन गौतम र नवलपुर-२ मा मनिष खनाल निर्वाचित भएका छन्। स्याङ्जा-१ मा डा. धनञ्जय रेग्मी र स्याङ्जा-२ मा झविलाल डुम्रे विजयी भएका छन्। पर्वतमा सागर भुसाल विजयी भएका छन्। बागलुङ-१ मा सुशील खड्का र बागलुङ-२ मा सोम शर्माले जित हासिल गरेका छन्।

उमेरका हिसाबले सबैभन्दा कान्छा सांसद नवलपुर-२ बाट निर्वाचित मनिष खनाल हुन्, उनी २६ वर्षका छन्। त्यसपछि मुस्ताङका सांसद योगेश गौचन ३२ वर्षका छन्। गण्डकीबाट निर्वाचित ७ जना सांसद ४० वर्षमुनिका छन्। सुदन गुरुङ, राजन गौतम, झविलाल डुम्रे, सुशील खड्का र सोम शर्मा पनि ४० वर्षभन्दा कम उमेरका हुन्।

यस्तै ५० वर्षमुनिका ५ जना सांसद छन् भने ६ जना ५० वर्षमाथिका छन्। कविन्द्र बुर्लाकोटी, धर्म केसी, खडकराज पौडेल, उत्तमप्रसाद पौडेल र सागर भुसाल ४० वर्ष कटेका तर ५० वर्षमुनिका सांसद हुन्। टेकबहादुर गुरुङ र महावीर पुन समान ७१ वर्षका छन्।

गण्डकीबाट दलित समुदायका एक जना पनि प्रत्यक्षतर्फ निर्वाचित हुन सकेनन्। आदिवासी जनजातिबाट भने ४ जना निर्वाचित भएका छन्। समानुपातिकतर्फ मतगणना जारी रहेकाले विभिन्न क्लस्टरबाट सांसदहरू आउने अपेक्षा गरिएको छ।

Previous Post

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन शाहलाई फोन गरेर बधाई दिए

Next Post

बलात्कारपछि हत्या गरिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बलात्कारपछि हत्या गरिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने

बलात्कारपछि हत्या गरिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

राष्ट्रपति कार्यालयको खण्डहर बाहिर तीन मन्त्रीको शपथ

राष्ट्रपति कार्यालयको खण्डहर बाहिर तीन मन्त्रीको शपथ

सोमवार, भदौ ३०, २०८२
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, दुई जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

बुधबार, मंसिर २६, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In