काठमाडौं – काठमाडौंको बालकुमारीमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। बालकुमारीबाट कोटेश्वरतर्फ जाँदै गरेको टिपरले दुई वटा निजी कार र एक ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सूर्यप्रसाद पौडेलका अनुसार कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेका बा ०१०२९ च ५८०२ नम्बरको बीवाईडी कम्पनीको कार बा ०१००२ च ६१११ नम्बरको अर्को कार र बा ९ च २६२९ नम्बरको ट्याक्सीलाई बा ०१००६ ख ३९१६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा बीवाईडी कारका चालक गम्भीर घाइते भएका छन्। घाइतेको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिइएको छ भने अन्य सवारी चालकहरूको पहिचान खुलाइएको छैन। दुर्घटनाका थप अनुसन्धान भइरहेको छ।