सर्लाही – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन भएको छ । मधेश प्रदेशका आठै जिल्लाबाट आएका सञ्चारकर्मीहरूको भेलाले क्षितिज विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उद्योग वाणिज्य संघ सर्लाहीको लालबन्दीमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल केन्द्रीय कार्यसमितिकी महिला विभाग प्रमुख सबिता पोखरेलको संयोजकत्व तथा प्रमुख आतिथ्यता र सह-संयोजक विनिता क्षेत्रीको विशिष्ट आतिथ्यतामा समिति गठन गरिएको हो ।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रमेश खत्री, उपाध्यक्षमा सुशीला पोखरेल चौलागाई, सचिवमा प्रफुल्ल मिश्र, सहसचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा श्रवण साह र सहकोषाध्यक्षमा मानिक चन्द चयन भएका छन् ।त्यसैगरी कुलदिप दास प्रचार-प्रसार विभाग प्रमुख, आरती सेन्चुरी महिला विभाग प्रमुख र राजु श्रीवास्तव प्रवक्तामा चयन भएका छन् । सदस्यहरूमा सरिता सापकोटा, प्रभु प्रसाद यादव, रामनाच राम, सन्तोष कर्ण, एस.एम. जगाहस्त ‘गुड्डु’, अस्मिता परियार र अनिल यादव रहेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका अध्यक्ष महेन्द्र महतो, उद्योग वाणिज्य संघ लालबन्दी सर्लाहीका अध्यक्ष महेश महतो, प्रतिष्ठानका उपाध्यक्ष सन्तोष कर्ण, सहसचिव मदन नेपाललगायतको उपस्थिति थियो ।
प्रमुख अतिथि सबिता पोखरेलले २०६५ सालमा स्थापना भएको संस्थाका संस्थापकदेखि हालसम्म नेतृत्व गरेका चन्द्रमणि गौतमलगायत सबैको योगदान स्मरण र सम्मान गर्नुपर्ने बताइन् । उनले संस्थालाई विधानअनुसार अघि बढाउँदै सञ्चारकर्मीहरूको हकहितका लागि केन्द्रबाटै लबिङ गरिने स्पष्ट पारिन् ।
मधेश प्रदेशका लुकेका स्रष्टा र सिर्जनालाई उजागर गर्दै भ्रामक तथा अशुद्ध समाचारको खण्डन गर्ने विश्वास व्यक्त गर्दै उनले स्वरसम्राट नारायण गोपालको जन्मस्थान सम्बन्धी भ्रम सच्याउन समितिले पहल गर्नुपर्नेमा जोड दिइन् ।
विशिष्ट अतिथि विनिता कुवँर क्षेत्रीले मधेश प्रदेश शाखा गठन भएकोमा खुशी व्यक्त गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिइन् । उपस्थित अन्य अतिथिहरूले पनि गरिमामय संस्थाको मधेश प्रदेशमा शाखा विस्तार हुनु सकारात्मक भएको बताए ।
कार्यक्रमका अध्यक्ष तथा मधेश प्रदेश शाखाका अध्यक्ष क्षितिज विश्वकर्माले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिँदै यस शाखाले संस्थाको गरिमा अझ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन नारायणी विश्वकर्मा (आरती सेन्चुरी)ले गरेकी थिइन् ।














