काठमाडौँबाट नुवाकोटतर्फ जाँदै गरेको कारमा शिवपुरीको सडकखण्डमा अचानक पहिरो खस्दा एक जना घाइते भएका छन्।
टोखा–छहरे सडक हुँदै दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१–विएडी–३७७३ नम्बरको निजी कारमा माथिबाट खसेको पहिरोले क्षति पुर्याएको हो। कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–७ निवासी ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए।
घाइते श्रेष्ठलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ। पहिरोका कारण सो सडकखण्ड केही घण्टासम्म अवरुद्ध बनेको थियो। घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।